सीडीओ र सुरक्षा प्रमुखलाई २४ घन्टै कार्यालयमा बस्न निर्देशन
नुवाकोट । गृह मन्त्रालयले जिल्लामा खटिएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सबै सुरक्षा संयन्त्रका प्रमुखलाई २४ घन्टै कार्यालयमा बस्न निर्देशन दिएको छ ।

प्रतिकूल मौसमी अवस्थालाई ख्याल गर्दै बाढी, पहिरो र डुबानको जोखिममा रहेका जिल्लाको हकमा सबैलाई कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरिएको हो । मन्त्रालयका उपसचिव निशान्तराज गौतमले हस्ताक्षर गरेको परिपत्रमा बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्नसमेत भनिएको छ ।
‘मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुहरुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउने,’ परिपत्रमा भनिएको छ, ‘राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रुपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने । बाटोमा अलपत्र परेका गर्भवती महिलाहरुको हकमा नजिकको बर्थिङ सेन्टरसम्म पुर्याउने व्यवस्था मिलाउने ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनाअनुसार लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने, बाहिरिने सवारीसाधनको आवतजावत समेत तीन दिनलाई रोकिएको छ ।
त्यसको अनुगमन र निगरानी गर्नसमेत जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया