दसैँका लागि एकैदिन १ लाख ११ हजारभन्दा बढी काठमाडौं बाहिरिए
विदुर खबर
२०८२ असोज १४ गते ८:१५

नुवाकोट । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट यात्रुहरूको चाप तीव्र रूपमा बढेको छ।

पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६१३ सवारी साधनबाट १ लाख ११ हजार ६३९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापना (असोज ६) देखि असोज १३ गते बिहानसम्म जम्मा ८३ हजार ८७ सवारी साधनमार्फत ४ लाख ६० हजार ९७७ यात्रु उपत्यका बाहिरिएका छन्।
उपत्यकामा भित्रिनेको सङ्ख्या पनि उल्लेख्य छ। सोही अवधिमा ६१ हजार ७८१ सवारी साधनमार्फत २ लाख ५२ हजार ७५५ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन्।
दसैँ नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरूको चाप अझै बढ्ने अनुमान गरिएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया