आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै
विदुर खबर
२०८२ असोज १३ गते ९:०६

नुवाकोट । आज बडादसैँको सप्तमीका दिन देशभर फूलपाती पर्व श्रद्धापूर्वक मनाइँदै छ।

यस दिन शक्तिस्वरूपा कालरात्रि देवीको पूजा गरिने परम्परा रहेको छ। कालो वर्ण, गधा वाहन, चार हात र तीन आँखा भएकी कालरात्रिले भक्तजनलाई साहस, आत्मविश्वास र संकटमोचन शक्ति प्रदान गर्ने विश्वास छ।
फूलपातीमा नवपत्रिकाको पूजा गरिँदै देवीलाई सख्खर अर्पण गरिन्छ र गरिबलाई दान दिनाले दरिद्रता नाश हुने धार्मिक मान्यता छ। यस अवसरमा गोरखा दरबारबाट काठमाडौँ दरबारसम्म फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि निर्वाह गरिन्छ। सप्तमी पूजामा विशेष मन्त्र, स्तुति र दुर्गा स्तोत्र पाठ गरिन्छ।

श्रद्धापूर्वक गरिएको कालरात्रि पूजा र नवपत्रिका अर्पणले जीवनमा शान्ति, समृद्धि र शत्रु नाश हुने जनविश्वास छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया