रसुवामा भिरबाट लडेर एक जनाको मृत्यु

विदुर खबर २०८२ भदौ ३० गते १९:०५

नुवाकोट । रसुवा भिरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ ।

Advertisement

मृत्यु हुनेमा आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ सिओ गाउँका ५२ वर्षीय ल्हासिङ तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकाे छ र

जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहका अनुसार तामाङ भदौ २७ गते बिहान कामका लागि घरबाट निस्किएका थिए।

Advertisement

रातिसम्म नफर्किएपछि आफन्त र स्थानीयवासीले खोजी गर्ने क्रममा भदौ २८ गते साँझ बाहुनडाँडामा करिब ३३–३५ फिट तल खसेको अवस्थामा उनी मृत फेला परेका थिए ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि धुन्चेस्थित रसुवा अस्पताल पुर्‍याई परिवारको जिम्मा लगाइसकेकाे छ ।

Advertisement

घटनाबारे थप अनुसन्धान जारी भइरहेकाे बताइएकाे छ । घटनामा संलग्नकाे अाराेपमा प्रहरीले दुइ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया