इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

विदुर खबर २०७५ कार्तिक १९ गते ४:५८

एजेन्सी, इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई सचेत गराएको छ ।

Advertisement

मृतक एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको थियो भने अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो । अजी न्यूज एजेन्सीका अनुसार डुबानमा परेको उक्त घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका बताइएको छ । मैले एउटी छोरीबाहेक परिवार, घर र सम्पत्ती सबै गुमाएकी छु, डुबानमा परेको घरबाट उम्कन सफल गिउसेपप्पे गिओर्डानोले सञ्चारकर्मीसँग बताइन् ।

यही हप्ताको शुरुमा आएको आँधीका कारण सिसिलीमा धेरैवटा सडक अबरुद्ध भएका छन् र नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न आदेश दिएका छन् । इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि भयाङ्कर आँधी सहित वर्षा भएको थियो जसका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै पूर्वाधारमा व्यापक नोक्सानी भएको थियो ।

Advertisement

डोलोमाइट्स पहाड र भेनेटो क्षेत्रका रुखहरु ढलेर थिए । ‘यो भूकम्प गएजस्तै विनाशकारी थियो,’ भेनेटोका गभर्नर लुका जाइले बताए । ‘हजारौं हेक्टर जमिनका रुखहरु सोत्तर भएका छन् ।’ इटालीको नागरिक सुरक्षा निकायले विगत ५० देखि ६० वर्षको अविधिमा यति ठूलो जनधनको क्षति कहिल्यै नभएको बताएको छ ।

प्रतिक्रिया