भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव भेटियो

विदुर खबर २०८२ भदौ २९ गते १२:५५

नुवाकोट । काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ।

Advertisement

भदौ २४ गते प्रदर्शनकारीहरूले आगो झोसेको चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ।

आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए।

Advertisement

‘शव भेटिएको छ। प्रदर्शनकारी हुन् कि कर्मचारी अथवा लुटपाटमा गएकाहरू हुन् भन्ने खुलेको छैन,’ ती अधिकृतले भने।

काठमाडौंमा जलाइएका अन्यत्र ठाउँका भाटभटेनीमा पनि मानिसहरू जलेको हुनसक्ने प्रहरीको आकलन छ।

Advertisement

त्यसबारे बुझ्न प्रहरी परिचालन भएको पनि ती प्रहरी अधिकृतले बताए।

भदौ २४ गते काठमाडौंका अधिकांश भाटभटेनीमा प्रदर्शनकारीले आगजनी गरेका थिए।

एकाध आउटलेट भने स्थानीयहरूले नै आगजनीबाट जोगाएका थिए।

आगजनी भइसकेपछि पनि लुटपाटका लागि मानिसहरू त्यहाँ छिरेका थिए।

प्रतिक्रिया