धादिङबाट भागेका ४३ कैदी नियन्त्रणमा 

विदुर खबर २०८२ भदौ २७ गते १४:११

नुवाकोट । धादिङस्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीहरुमध्ये ४३ जनालाई नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ ।

Advertisement

शुक्रबार सुरक्षा अपडेट जारी गर्दै सेनाले हालसम्म विभिन्न स्थानहरुबाट १ सय ३५ नाल हतियारहरु बराबद भएको बताएको छ ।

त्यस्तै काठमाडौंको महाराजगञ्ज ईलाकामा विभिन्न मोबाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Advertisement

प्रतिक्रिया