भण्डारीलाई राजनीतिमा ल्याउने विषयमा एमालेमा मतभेद
विदुर खबर
२०८२ भदौ २२ गते ७:३२
नुवाकोट । ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय रूपमा समेट्ने विषयमा छलफल भइरहेको छ।

दस समूहमा विभाजित छलफलमा अधिकांश प्रतिनिधिहरूले भण्डारीको सदस्यता नवीकरण गरी राजनीति गर्न दिनुपर्ने धारणा राखेका छन्।
सुदूरपश्चिम, बागमती, लुम्बिनी, कोशी, गण्डकी, मधेसलगायत प्रदेशका प्रतिनिधिहरूको मत बिभाजित देखिएको छ। कतिपय नेताहरूले भण्डारीलाई रोक्न नहुने पक्षमा खुलेर बोलेका छन् भने केही मौन बसेका छन्।
विधानमै पूर्वराष्ट्रपतिलाई राजनीति निषेध गर्नुपर्ने धारणा पनि आएको छ। अधिवेशनमा २,१२६ प्रतिनिधिको सहभागिता रहेको छ भने टोली नेताहरूको प्रस्तुति पश्चात् सचिव योगेश भट्टराई नेतृत्वको प्रस्ताव समितिले निष्कर्ष पेस गर्नेछ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया