भण्डारीलाई राजनीतिमा ल्याउने विषयमा एमालेमा मतभेद
विदुर खबर
२०८२ भदौ २२ गते ७:३२
नुवाकोट । ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय रूपमा समेट्ने विषयमा छलफल भइरहेको छ।

दस समूहमा विभाजित छलफलमा अधिकांश प्रतिनिधिहरूले भण्डारीको सदस्यता नवीकरण गरी राजनीति गर्न दिनुपर्ने धारणा राखेका छन्।
सुदूरपश्चिम, बागमती, लुम्बिनी, कोशी, गण्डकी, मधेसलगायत प्रदेशका प्रतिनिधिहरूको मत बिभाजित देखिएको छ। कतिपय नेताहरूले भण्डारीलाई रोक्न नहुने पक्षमा खुलेर बोलेका छन् भने केही मौन बसेका छन्।
विधानमै पूर्वराष्ट्रपतिलाई राजनीति निषेध गर्नुपर्ने धारणा पनि आएको छ। अधिवेशनमा २,१२६ प्रतिनिधिको सहभागिता रहेको छ भने टोली नेताहरूको प्रस्तुति पश्चात् सचिव योगेश भट्टराई नेतृत्वको प्रस्ताव समितिले निष्कर्ष पेस गर्नेछ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया