रसुवामा हराएका दुई युवा मृत भेटिए

नुवाकोट । रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटनामा परी हराएका दुई जना युवाको शव फेला परेको छ।

सशत्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार फेला परेका शवमध्ये एकजनाको शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव पनि सोही खोलामा स्थानीयले देखेको जानकारी प्राप्त भएको छ।
भाद्र १५ गते गोसाईकुण्ड गाउँपालिका–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ धुन्चेतर्फ गएको मोटरसाइकल (नं. एएए–३८१७) बाट हराएका थिए। उनीहरू सम्पर्कमा नआएपछि आफन्तहरूले भाद्र १७ गते बिहान जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
निवेदनपछि सिसिटिभी फुटेज विश्लेषण गर्दा भाद्र १५ गते राति करिब १० बजे उनीहरू धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली विपद् व्यवस्थापन तालिमप्राप्त फोर्ससहित खोजीमा परिचालित भएको थियो।
घटनास्थलको अवस्थाअनुसार मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको अनुमान गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया