गोसाइकुण्ड माविको नवनिर्मित पुस्तकालयको भवन उद्घघाटन

विदुर खबर २०७५ कार्तिक १७ गते ६:०८

किष्णप्रसाद भट्ट किस्पाङ नुवाकोट , रसुवाको नौकुण्ड गाउँपालिका वडा न. ६ मा द एक्टिभ हर्ट फाउन्डेसन नामक संस्थाको सहयोगमा निर्मित गोसाइकुण्ड माध्यामिक विद्यालयको नवनिर्मित पुस्तकालयको उद्घाटन गरिएको छ ।पुस्तकालयको उदुघाटन समारोहमा बोल्दै विदुर नगरपालिकाका पुर्व मेयर शिव गजुरेलले रसुवाको शैािक्षक विकासमा यस पुस्तकालष्ले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको छ ।

Advertisement

त्यस्तै द एक्टिभ हर्ट फाउन्डेसन संस्थाका डाइरेक्टर राजन सिंखडाले नेपालमा प्रचुर संभावना र अवसर भएर पनि पछाडी परेको भन्दै नेपाललाई विश्व सामु चिनाउन आफुहरु शैक्षिक र पर्यटकीय क्षेत्रहरुको विकासमा लागिपरेको बताउनुभयो । कार्यक्रममा संस्थाका डाइरेक्टर राजन सिंखडाले लेख्नुभएको पुस्तक हिँडे पुगिन्छ समेत वितरण गरिएको थियो । पुस्कतमा गरे नेपालमै सुन फल्छ भन्ने विषयलाई जोडदारका रुपमा प्रस्तुत गरिएको सिंखडाले विदुरखबरलाई बताए । संस्थाले किस्पाङ गाउँपालिका वडा नं २ का अर्जुन अधिकारीको पहलमा भुकम्पपछि रसुवामा मात्र नभई विभिन्न जिल्लामा ३ ओटा पुस्तकालय निर्माण गर्नुको साथै एकसय २९ कक्षाकोठा समेत निर्माण गरिसकेको सिंखडाले जानकारी दिए । उहाँले हजारौ नेपालीलाई रोजगारी दिई विश्वमाझ आफुलाई चिनाउँदै आउनुभएको छ । सिंखडा निरन्तर सामाजिक काममा लाग्दै समेत आएका छन ।

प्रतिक्रिया