लाइन्स क्लब अफ काठमाडौ स्वयम्भुद्वारा फलफूलको विरुवा वितरण

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का स्थानियहरुलाई फलफूलका विरुवा वितरण गरिएको छ ।

लाइन्स क्लब अफ काठमाडौ स्वयम्भु क्लबले बेलकोटगढी ५ का झण्डै ६ सय ५० घर धुरीलाई विभिन्न जातका फलफूलका विरुवा वितरण गरिएको लाइन्स क्लबका जोन अध्यक्ष शुशिला फ्यालले जानकारी दिइन् ।
क्लबले एभोकाडो,चाइनिज अमला,मेकोढोनिया,आँप ,अम्बा र भुइकटहर गरि झण्डै एक हजार तीनसय फलफुलका विरुवा वितरण गरिएको हो । पर्यावरण संरक्षणका लागि ,मानिसहरुलाई फलफूलमा आत्म निर्भर बनाउन र बोटबिरुवा रोप्न प्रोत्साहन गर्ने उदेश्यले विरुवा वितरण गरिएको लाइन्स क्लब अफ काठमाडौ स्वयम्भु अध्यक्ष लाइन गीता अमात्यले जानकारी दिइन् ।
बेलकोटगढीको केउरिनीमा आइतबार आयोजित विरुवा वितरण कार्यक्रममा बेलकोटगढी वडा नं ५का वडा अध्यक्ष मदन भुजेल, सदस्य गोकर्ण नेपाल, लाइन्स लिडरहरु दुर्गा प्रसाद हुमागाई ,हसन गोपाली ,तृजा ढकाल,कांग्रेस युवा नेता दुर्लभ तमाङ्ग लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिन सफल भएको उक्त संस्थाले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया