जिल्ला समन्वय समिति नुवाकोटको दोस्रो जिल्लासभा सम्पन्न
विदुर खबर
२०७५ कार्तिक १५ गते १४:४८

नुवाकोट कार्तिक १५, ऐतिहासि नुवाकोट जन जंगल र जलाधार, कृषि पर्यटन पुर्वाधार विकासको आधार भन्ने नारासका साथ जिल्ला समन्वय समिति नुवाकोटको दोस्रो जिल्ला सभा आज सम्पन्न भएको छ ।
नुवाकोटको सदरमुकाम विदुरको एक होटलमा भएको जिल्ला सभामा जिल्ला समन्वय समतिका सभापति सन्तमान तामाङले गतवर्षबाट शुरु भएका केही विकासका पुर्वाधार कार्यक्रम, आन्तरिक राजश्व संकलन तथा दर्ता तथा अनुगमन र समन्वयको काममा मात्र सिमित रहेको बताए ।
जिल्ला सभा १५ बुँदे प्रतिद्धदतापत्र जाहेर गरि सम्पन्न भएको छ । जिल्ला सभाका नुवाकोटका १२ वट्टै स्थानिय तहका जनप्रतिनिधि तथा विभिन्न सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया