शिवपुरीको गुर्जेमा फुल खेतिबाट मनग्य आम्दानी गर्दै रामकुमार तामाङ

विदुर खबर २०७५ कार्तिक १५ गते १२:०३

नुवाकोट कार्तिक १५, हरि भेटवाल, शिवपुरी नुवाकोटको शिवपुरी गाउँपालिका को वडा न ६ समुन्द्रादेवि गुर्जेका रामकुमार तामाङले फुलखेतिबाट मनग्य आम्दानी गरेका छन ।

Advertisement

पाँच रोपनि जग्गामा फुल खेति गरेका तामाङको बारीमा गएर ब्यापारिले फुलको मोल मोलाई गरीरहेको दृश्य अहिले सबैको लागि नौलो देखिन्छ । फुलहरुको चाड तिहार नजिकिएसँगै उनको घरमा mुल किन्न आउने व्यापारीको संख्या दिनदिनै बढ्दे गएको तामाङे बताए । घरवरिपरि सुन्दर बगैचा,तरकारी खेति र विभिन्न जातका फलफुलको सुन्दर दृष्यले तामाङको घरमा जाने जो कोहीको पनि मन आनन्द हुने गरेको स्थानियबासीहरु बताउँछन ।

फुलबाट राम्रो आम्दानी हुने भएपछि तामाङ पनि दङ्ग देखिएका छन । उनले यो सिजनमा कुिरव २ लाख मुल्य बराबरको फुल बिक्ने लक्ष्य राखेका छन । पहिला होटल ब्याबसाय गर्ने ६० का रामकुमार तामाङ पाँचवर्षअघि मोटरसाईकल दुर्घटनामा परेका थिए । तामाङले आगामि वर्ष १० रोपनि जग्गामा फुल लगाउने बताए । उनले इच्छा भए गाउँमै जेपनि गर्न सक्ने उदाहरण दिएका छन ।

Advertisement

प्रतिक्रिया