गोसाईकुण्ड नुहाउन गएका मोरङका दुई युवकको डुबेर मृत्यु
विदुर खबर
२०८२ साउन १३ गते १२:१३

नुवाकोट । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार डुबेर बेपत्ता भएका दुबैजना मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार मृत अवस्थामा भेटिनेमा मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका उनीहरु डुबेर बेपत्ता भएका थिए । उनीहरुलाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको उद्दार टोलीले मृत अवस्थामा फेला पारेको हो ।

Advertisement
आईतवार बेपत्ता भएका उनीहरुको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया