रसुवामा भीरबाट खस्दा एक जनाको मृत्यु
नुवाकोट । रसुवामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ पाताङगाङका ४७ वर्षीय सोनाम दोर्जे तामाङ रहेका छन् ।
आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ स्थित सिनो जलविद्युत आयोजनाको पाजुङ कालो डाँडा क्षेत्रमा सफाइ गर्ने क्रममा भीरबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
उनी शुक्रवार बिहान करिब ९ बजे सिनो जलविद्युत आयोजना अन्तर्गत पाजुङ कालो डाँडा क्षेत्रमा बाटो र नाली सफा गर्ने क्रममा करिब ४ सय मिटर तल खसेका थिए ।
प्रहरीले तामाङलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहले जानकारी दिए ।
मृत शरीर सिनो जलविद्युत आयोजनाको सवारी मार्फत रसुवा अस्पताल पुर्याइएको र अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया