रसुवामा भीरबाट खस्दा एक जनाको मृत्यु
नुवाकोट । रसुवामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ पाताङगाङका ४७ वर्षीय सोनाम दोर्जे तामाङ रहेका छन् ।
आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ स्थित सिनो जलविद्युत आयोजनाको पाजुङ कालो डाँडा क्षेत्रमा सफाइ गर्ने क्रममा भीरबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
उनी शुक्रवार बिहान करिब ९ बजे सिनो जलविद्युत आयोजना अन्तर्गत पाजुङ कालो डाँडा क्षेत्रमा बाटो र नाली सफा गर्ने क्रममा करिब ४ सय मिटर तल खसेका थिए ।
प्रहरीले तामाङलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहले जानकारी दिए ।
मृत शरीर सिनो जलविद्युत आयोजनाको सवारी मार्फत रसुवा अस्पताल पुर्याइएको र अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया