साउन १५ भित्रै रसुवागढी नाका सुचारु हुने
नुवाकोट । नेपाल–चीन सीमामा अवस्थित ल्हेन्देखोलामा अकस्मात् आएको बाढीले पुल बगाउँदा बन्द भएको रसुवागढी–केरुङ नाका साउन १५ भित्रै संचालनमा आउने भएको छ ।

दीर्घकालिन रुपमा स्थायी पुल बनाउन केही वर्ष लाग्ने भएपछि सरकारले अल्पकालिन विकल्पको रुपमा तत्कालै बेलिब्रिज निर्माण गरेर नाका सुचारु गर्ने तयारी गरेको हो ।
सडक विभागका अधिकारीहरुका अनुसार उच्च भारवाहन क्षमताका सवारी साधान गुड्ने गरि पक्की पुल बनाउनको लागि लामो समय लाग्ने भएपछि साउनको ८-१० गते भित्रै बेलिब्रिज निर्माण गरिसक्ने गरि अहिले काम भइरहेको छ । सुरुमा साना गाडीहरूको आवागमन सुरु गरिहाल्ने र भदौ भित्रै कन्टेनरलगायतका ठूला गाडीको आवतजावत हुने गरी संचालन गर्ने तयारी गरिएको छ ।
‘ढिलोमा पनि साउन १५ भित्र बेलिब्रिजमा सवारी गुड्न थाल्छन् र नाका सुचारु हुन्छ । ठूला कण्टेनरको लागि भने अरु एक, डेढ महिना लाग्न सक्छ’ विभागका एक अधिकारीले भने ।
त्यहीअनुसार अहिले बेलिब्रिज जडानको लागि आवश्यक तयारी भइरहेको छ भने क्षतिग्रस्त अन्य संरचनाहरुको पुननिर्माण पनि शुरु गरिएको छ ।
गत साताको बाढीले स्याफ्रुबेँसिदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडकखण्डमध्ये एक दर्जन ठाउँमा बाढीका कारण क्षति पुगेको थियो । ती सबै स्थानको पुननिर्माणको कार्य यसै साता सम्पन्न हुने विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
विभाग स्रोतकाअनुसार बेलिब्रिज निर्माणलगायतका कामहरुमा स्थानीय चिनियाँ प्रशासनसँग पनि कुराकानी भइरहेको छ भने नाका सुचारु र अन्य पुननिर्माणका कामहरुको लागि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालय लगायतका निकायहरुले पनि तत्परता देखाइरहेका छन् ।
बाढीपछि क्षतिको अवलोकन गरेका प्रधानमन्त्री केपी ओलीले समेत जतिसक्दो छिटो नाका संचालनको लागि चासो देखाइरहेको विभागका अधिकारीहरुको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया