मुअब्जा नदिई सडक पिच गर्न लागेको भन्दै स्थानियबासीद्धारा अवरोध

विदुर खबर २०७५ कार्तिक १३ गते १३:१६

नुवाकोट कार्तिक १३, गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रवेशी–रसुवागढी सडक आयोजनाले मुअब्जा वितरण नगरी सडक पिच गर्न लागेको भन्दै सडकखण्ड अन्र्तगत पर्ने नुवाकोटको पिपलटारका स्थानियबासीहरुले विरोध जनाएका छन ।

Advertisement

स्थानिबासीहरुले जनताको आफुहरुको नाममा रहेको जग्गाको मुअब्जा वितरण गर्नुपर्ने भएपनि आयोजनाको नियत राम्रो नदेखिएकोले विरोधस्वरुप सडक पिच गर्न अवरोध पुराएको र मुअब्जा नपाएसम्म सडक पिच गर्न नदिने सडक संर्घर्ष समितिका सदस्य एवं स्थानियबासी रमेश नेपालीले बताए । त्यस्तै स्थानिय तथा शिक्षक तिलप्रसाद घिमिरेले आफुहरुको लालपुर्जामा रहेको जग्गामा मुअब्जा पाउनुपर्ने माग गरे । उनले आफुहरुको मुख्य माग भनेको अधिकरणभित्र परेका जग्गाको क्षतिपुर्ति पाउनुपर्ने रहेको बताए । पिपलटारदेखि ढुङुगेसम्म आयोजनाले मुअब्जा नदिने भन्ने समाचार प्रकाशित भएको भन्दै स्थानिय आन्दोलित भएका हुन ।

आयोजनाले पहिले मुअब्जा वितरण गर्ने भनेर जग्गा अधिकण गरेपनि अहिले आएर मुअब्जा नदिने र १५÷१५ मिटर सडक लिने बताए पनि अहिले विस्.स २०३४ सालमै सडकको मुअब्जा दिइएको भन्दै आयोजना प्रमुख पन्छिएको स्थानियबासीले आरोप लगाएका छन । स्थानिय छत्रराज डंगोलले सम्बन्धित निकायलाई छिट्टै यस विषयमा निक्र्याैल गर्न माग गरेका छन । उनले जनताले सम्बनिध निकायले जनताको समस्या तत्काल सम्बोधन गर्न माग गरेका छन ।

Advertisement

यसैबिच पिपलटारका स्थानियबासीलेस्थानिय नेता लिलानाथ न्यौपानेको संयोजकत्वमासडक आयोजनाले मुअब्जा वितरण नगरी जबरजीती ढंगले सडक पिच गर्न लागेको भन्दै प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापालाई समस्याको बारेमा ध्यानाकर्षण गराएको छ । स्थानियबासीहरुले तत्काल समस्याको हल गर्न र सर्वपक्षिय छलफल बोलायन आग्रह गरेका छन ।

सडक आयोजनाले समयमानै काम गर्न नसकेको कारण चर्काे आलोचना व्यहोर्दै आएका छ भने आयोजना प्रमुख देवकोटाले राजनितिको आडमा काम नगरेको जनप्रतिनिधिहरुले समेत गुनासो गरेका छन ।

Advertisement

प्रतिक्रिया