रसुवा बाढी : ८ जनाको शव काठमाडौं ल्याइयो, १९ अझै बेपत्ता

विदुर खबर २०८२ असार २६ गते ७:५०

नुवाकोट । रसुवामा मङ्गलबार आएको भीषण बाढीमा परेर मृत्यु भएका ९ जनामध्ये ८ जनाको शव काठमाडौंको शिक्षण अस्पतालमा राखिएको छ।

Advertisement

हालसम्म एक जनाको मात्र सनाखत भएको छ र आजै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ। चितवनको त्रिशूली किनारमा फेला परेको शव प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको छ।

बाढीपछि अझै १९ जना बेपत्ता छन्, जसमा २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ सर्वसाधारण छन्। ५ वटा शव मात्र सनाखत गर्न सकिने अवस्थामा छन् भने अन्य ४ वटा मानव अङ्ग मात्र भेटिएका छन्।डिएनए परीक्षण आवश्यक रहेको प्रहरीले बताएको छ।

Advertisement

बाढीले मितेरी पुल, कन्टेनर, ट्रक, इभी गाडी, रसुवागढी हाइड्रोको ड्याम, भन्सार यार्ड र टिमुरे सडकमा क्षति पुर्‍याएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया