भोटेकोशी बाढीमा फसेका १३६ को उद्दार गर्न २४ वटा फ्लाइट

विदुर खबर २०८२ असार २५ गते १४:११

नुवाकोट । भोटेकोशी बाढीमा फसेका १३६ स्वदेशी तथा विदेशी नागरिकलाइ २४ वटा फ्लाइटबाट उद्दार गरेर काठमाडौं पुर्याइएको छ ।

Advertisement

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले उद्दार गरिएकामध्ये १२७ जना विदेशी नागरिक रहेको बताए । उनले आज बिहान पनि उद्दार कार्य जारी रहेको बताए ।

प्रजिअ अधिकारीका अनुसार बाढीपछि अडकेका स्वदेशी र विदेशी १५० नागरिकलाइ सुरक्षाकर्मीले स्कर्टिङ गरेर सुरक्षित स्थानमा ल्याइएको छ ।

Advertisement

नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ ।

रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

Advertisement

रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उल्लेख गरे । उनका अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मङ्गलबार साँझ चितवनमा फेला परेको थियो ।

प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशङ्कामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिए । उनका अनुसार हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव रहेका छन् ।

प्रतिक्रिया