बागमती प्रदेशको बजेट बहुमतले पारित
नुवाकोट । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

प्रदेश सभाको सोमबार बसेको बैठकले आगामी आवको बजेट पारित गरेसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
प्रदेश सभाको बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रेस सभामा पेस गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ र आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ बहुमतले स्वीकृत गरेको हो ।
अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ माथिको छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाँई, प्रदेश सभा सदस्य सिर्जना सायजु, नेकपा माओवादी केन्द्रको रत्नप्रसाद ढकाल र कांग्रेसका सांसद पुकार महर्जन छलफलमा सहभागी भएको थियो ।
अर्थमन्त्री काफ्लेले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि योजना र कार्यक्रम कार्यान्वय गर्न असार १ गते ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने
सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै





प्रतिक्रिया