जिल्लाव्यापी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि देविघाट बाल क्लबलाई

विदुर खबर २०७५ कार्तिक १३ गते १२:३३

नुवाकोट कार्तिक १२, नुवाकोटमा संलाचन भएको जिल्लाव्यापी खुल्ल टि –२० क्रिकेट प्रतियोगिताको उपाधी देविघाट बाल क्लब देविघाटले उचालेकोे छ । सोमबार सिचाईको खेलमैदानमा सम्पन्न फाइनलमा देविघाट बाल क्बलले नक्षत्र स्पोस्र्टस क्लबलाई २७ रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

Advertisement

टस हारेर पहिले ब्याटिङ गरेको देविघाट बाल क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो । देविघाटको तर्फबाट बिकाश चित्रकारले नटआउट १८ रन बनाए भने दिनेश चित्रकारले नटआउट १५र ,राजेश रिमालले १५ रन बनाएका थिए । बलिङतर्फ नक्षत्रका प्रशिद्द खड्का र राजन अधिकारीले समान २÷२ विकेट लिए भने अभियान बस्नेत र शौरभ कुवरले पनि १÷१ विकेट हात पारे ।

एकसय ३५ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको नक्षत्र स्पोर्टस १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र एकसय ७ रनमा समेटिएको थियो । नक्षत्रको तर्फबाट अभियान बस्नेतले ३२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोन्न सकेनन । बलिङतर्फ देविघाटका बिकाश चित्रकारले ३ विकेट र बिकाश लामिछानेले २ विकेट लिए । खेलमा देविघाटका बिकाश चित्रकार म्यान अफ दि फाइनल घोषित भए । प्रतियोगिताको बेष्ट बलर युनिक ब्वाइज ढुङ्गे का जीवन सिलवाल ,बेष्ट ब्याट्सम्यान नक्षत्रका सुशान्त तिमिल्सिना र म्यान अफ दि सिरिज देविघाटका बिकाश चित्रकार भए । ४ टिमको सहभागिता रहेको प्रतियोगिता लिगको आधारमा खेलाईएको थियो । तालिकाको शिर्ष २ टिमबिच फाइनल खेलाइएको हो ।
प्रतियोगिताको समापन गर्दै बिदुर नगरपालिकाका मेयर सन्जु पण्डितले नुवाकोटको खेल विकासमा यस्ता प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए । मेयर पण्डितले आफुहरु नुवाकोटको खेल विकासको लागि प्रतिवद्ध रहेको भन्दै सहयोग गर्न तयार रहेको बताए । त्यस्तै नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठककले नुवाकोटमा नियमति हुन नसकेको प्रतियोगितालाई नियमित बनाउन खेल आयोजना गरेका बताए । फाइनल खेल हर्न विदुर नगरपालिका वडा नं ६ का वडाअध्यक्ष राजु सडौला, श्रीनाथ गणका सह सेनानी बिद्दुत कुमार बस्नेत लगायत नुवाकोट क्रिकेट संघका पदाधिकारीको उपस्थित थियो ।

Advertisement

प्रतिक्रिया