हाम्रो विकास बैंक ज्योती विकास बैंकमा गाभिने निश्चित

विदुर खबर २०७५ कार्तिक ११ गते १३:३२

नुवाकोट कार्तिक ११, हाम्रो विकास बैंक लिमिटेड ज्योति विकास वैक लिमिटेडमा गाभिने निश्चित भएको छ ।

Advertisement

हाम्रो विकास बैक लिमिटेडको आइतबार विदुरको एक होटलमा बसेको दशौं वार्षिक साधारण सभाले बैकलाई ज्योति विकास बैक लिमिटेडमा गाभिने निर्णय गरेको हो । साधारणसभामा बैंकका अध्यक्ष हरि प्रसादले बैंकको संक्षिप्त प्रगति विवरण पेश गरेका थिए । साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को वित्तिय विवरण पारित गर्नुको साथै शेयरधनीहरुलाई ७.९१४५ प्रतीशत नगद लाभांश तथा २.४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले शेयर आदानप्रदान अनुपात १ः१ मा समाहित गर्ने सम्बन्धी विशेष प्रस्ताव साधारणसभाले सर्वसहमत रुपले पारित गरेको छ ।

Advertisement

प्रतिक्रिया