नुवाकोटकी सोनुले हानेको चक्कुले काठमाण्डौकाी एक युवतीको मृत्यु
नुवाकोट कार्तिक ११, चक्कु हानाहान हुँदा दुबईमा एक नेपालीको मृत्यु भएको छ ।
नुवाकोट घर भएकी सोनु तामाङ नाम गरेकी महिलाले चक्कु हान्दा काठमाण्डौकी सिर्जना बरालको ज्यान गएको प्रहरीले बताएको छ भने अरु तीन जना घाइते भएका छन् । घाइते हुनेमा ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताए ।
सँगै काम गर्ने साथीहरुका अनुसार दसैँ मनाउने भन्दै पाँच नेपाली महिलाले सँगै बसेर रक्सी खाएका थिए । त्यसबेला उनीहरुबीच विवाद भएको थियो । विवाद भएको एक हप्ता पछि चक्कु हानाहान भएको हो ।उनीहरु सारजहाँमा रहेको तान्जिफ्को क्लिनिङ सर्भिसेस एलएलसी कम्पनीका काम गर्नेहरु हुन् । उनीबीच दसैँ मनाउदा भएको विवदकै कारणले चुक्कु हानाहान भएको कम्पनीले पनि जनाएको छ ।
घटनाबारे कम्पनीले नेपाली दूतावासलाई जानकारी भने गराएको छैन । ‘शनिबार सार्वजनिक विदा भएकाले कम्पनी जानकारी नगराएको होला,’ कार्यवहाक राजदूत फुयाँलले भन्नुभयो, ‘दूतावासले घटनाको बारेमा जानकारी लिने प्रयास गरिरहेको छ ।’यसरी भयो चक्कु हानाहान टिकाको दिन शुक्रबार परेकाले प्रायः सबैले दसैँ मनाइरहेका थिए । त्यही दिन पाँच जना महिलाबीच विवाद भएको थियो ।
टिकाको एक हप्तापछि क्याम्प नजिकै अवैध रुपमा बंगाली नागरिकले बेच्ने रक्सी किन्न उनीहरु गएका थिए । रक्सी किन्न जाँदा दसैँको दिनको झगडाले फेरि उनीहरुबीच विवाद भयो । र, क्याम्प भित्र आएपछि सोनी तामाङले चक्कु चलाएकी थिइन ।
घाइते चार जनालाई तत्काल सारजहाँकै अल क्यासिमी अस्पताल पुर्याइयो । तर आइसियूमा राखेर उपचार गराउँदा गराउँदै शुक्रबार रातीनै सृजना बरालको ज्यान गयो ।
सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर उपचार गराएर शनिबार क्याप फर्किएका छन् भने ममता चौधरीको अवस्था गम्भिर रहेको दूतावासले जनाएको छ । चक्कु चलाउने सोनी तामाङ सहित उपचार गराएर फर्किएका सलिना र आशालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुई वर्ष अघि पनि यही कम्पनीमा कार्यरत जनकपुरका विरेन्द्र साहले छुरा चलाउँदा पाँचथरका रन्जित खपाङ्गीको ज्यान गएको थियो । चक्कु हानाहान भएकै कम्पनीमा दुई महिना अघि अर्घाखाँचीकी रिताले खनालले आत्महत्या गरेकी थिइन् ।
कारवाही के हुन्छ ? युएईको कानुन अनुसार चक्कनु चलाउने सोनी तामाङलाई हत्याको अभियोगमा जेल चलान हुन्छ । अदालतमा मुद्धा दाएर भएपछि मृतकको परिवारले खुनको वदला खुन नै मागे मत्युदण्डको सजाय हुन्छ ।
मृतकको परिवारले ब्लडमनी मागे ब्लडमनी नै तिर्नपर्ने हुन्छ भने आममाफी दिए माफी हुन्छ । यो कम्पनीमा एक हजार भन्दा धेरै नेपाली कार्यरत छन् । सरसफाइको कामका लागि कामदार सप्लाई गर्ने भएकाले महिला कामदारको संख्या धेरै छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया