मेयर कप क्रिकेट : विदुर १ क्वाटरफाईनल प्रवेश

विदुर खबर २०८२ असार १ गते १९:३६

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ पिपलटारमा जारी प्रथम विदुर मेयर कप वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

Advertisement

आईतवार पिपलटारमा रहेको प्रदेशस्तरीय रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर ८ लाई ७ विकेटले पराजित गर्दै विदुर १ समुह बि को शीर्ष स्थानमा रहँदै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

वर्षाले प्रभावित भएपछि ९ ओभरमा झारिएको खेलमा टस जितेर पहिले बलिङ रोजेको विदुर १ ले विदुर ८ लाई ७१ रनमा समेटेको थियो । विदुर ८ लाई सस्तोमा समेट्न विदुर १ का जुकु तामाङले २ विकेट लिए भने अजेश राज शाक्य र योगेन्द्र अमात्यले समान एक एक विकेट लिए ।

Advertisement

जवाफमा ७३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विदुर १ ले ६.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । विदुर १ लाई विजयी गराउन अजेशराज शाक्यले १७ वलमा ३३ रन बनाए । उनले ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै रसु कुमार कलवारले १२ रनको योगदान गरे भने सुमित जोशीले १० रनको योगदान गरे ।

Advertisement

विदुर ८ का प्रकाश माझिले २ विकेट लिए ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका विदुर १ का अजेश राज शाक्य म्यान अफ दि म्याच घोषित भए ।

विदुर १ ले अब सेमिफाईनल प्रवेशको लागि आगामी असार ४ गते बुधवार समु्ह ए को उपविजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया