नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी
नुवाकोट कार्तिक ११, केन्द्रीय कारागार स्थानान्तरण गर्ने उद्देश्यसहित नुवाकोटमा निर्माणाधीन कारागार चालु आर्थिक वर्षको अन्त्यदेखि नै सञ्चालनमा आउने भएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले नुवाकोटमा एकहजार पाँचसय जना रहनसक्ने क्षमताको कारागार रहने छ । एउटा पुरुष ब्लक निर्माण कार्य असारसम्म सम्पन्न भई सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । नुवाकोटको त्रिशूलीमा ५३९ रोपनी क्षेत्रफलमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार बनाउने लक्ष्य अनुसार निर्माण भइरहेको कारागारमा एकहजार पाँचसय जना रहने क्षमताको चारवटा पुरुष ब्लक र एकहजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँचवटा ब्लक निर्माण गरिने जानकारी महानिर्देशक मैनालीले दिनुभयो ।
विसं. २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो ।
निर्माणाधीन उक्त कारागारमा काठमाडौँस्थित केन्द्रीय कारागारका कैदीबन्दीलाई सारिने योजना रहेको जानकारी उहाँले दिनुभयो । कारागार निर्माणका लागि ५३९ रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ । निर्माणाधीन उक्त कारागारमा पुरुष, महिला, समलिङ्गी, तेस्रोलिङ्गी, जघन्य अपराधमा संलग्न, मानसिक रोगीका लागि समेत छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । त्यसैगरी, कैदीबन्दीको प्रजनन अधिकारको कार्यान्वयनका लागि पति–पत्नी भेटघाट कक्ष निर्माण गर्नुका साथै विभिन्न उमेर समूहका कैदीबन्दीहरुलाई समेत छुट्टाछुट्टै राखिने गरी उक्त कारागार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
त्यसैगरी, उक्त कारागारमा आधुनिक अस्पताल, खेल मैदान, सीप प्रवद्र्धन केन्द्र, विद्यालय, पुस्तकालयलगायतको आधुनिक भौतिक संरचनाको विकास गरिने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो
आजदेखि नेपाल संवत् ११४६ सुरु
रसुवागढी नाकाको पुल पुननिर्माण अन्तिम चरणमा
ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै





प्रतिक्रिया