शेयर बजारमा दोहोरो अंकको गिरावट,बैंकिङ्ग प्रणालीमा उत्पन्न क्रेडिट क्रन्चको असर,

विदुर खबर २०७५ कार्तिक ११ गते ११:०६

बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम अभाव भएको खबरहरु सार्वजनिक भइरहँदा त्यसको प्रत्यक्ष असर शेयरबजारमा देखिएको छ । जसको कारणले दशैंपछि खुलेको शेयर बजारमा गिरावट आउन थालेको छ । यो साताको पहिलो दिन नै नेप्से दोहोरो अंकले घटेको छ ।

Advertisement

केहि वाणिज्य बैंकहरुको चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण उत्साहजनक आउने हल्ला चलिरहदा ति वाणिज्य बैंकहरुको कारोबारले बजार उचाल्न सहयोग पुर्याउँदै आएको थियो  । तर बैंकहरुमा लगानी योग्य रकमको अभाव भएको, केहि बैंकहरुले कर्जा प्रवाह ठप्प पारेका जस्ता खबरहरुले शेयर बजारका लगानीकर्ता निरुत्साहित भएका छन् । जसले गर्दा शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ भने बैकिङ्ग समूह नै १५ अंकले ओरालो लागेको छ । होटल ०.११ अंकले बढेको छ । पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएको र वाणिजय बैंकहरुले अझै पनि गत बर्षको लाभांश घोषणा नगरेको अवस्थामा शेयर बजारका लगानीकर्ता भने अझै ‘पर्ख र हेर’ कै अवस्थामा रहेको देखिन्छ ।

 

Advertisement

साताको पहिलो दिन बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा बन्द हुने समयसम्म आईपुग्दा दोहोरो अंकले घट्न पुगेको छ । नेप्से परिसूचक १३.६२ अंकले घटेर १२२७.४९ अंकमा झरेको छ । कारोबारमा आएका होटल बाहेक सबै समूहको उपसूचक घटेपछि नेप्से दोहोरो अंकले घटेको हो । १६० कम्पनीको कारोबार भएको बजारमा ३२ करोड ६० लाख बराबरको कारोबार भयो । बजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । यसदिन सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको दुर्इ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर किानबेच भयो।

Advertisement

यसदिन नेपाल सेवा लघुवित्तका शेयर मूल्य सबैभन्दा धेरै झण्डै ६ प्रतिशतले बढेको छ भने आइएमई जनरल इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै पाँच प्रतिशत बढीले गुमाए ।

प्रतिक्रिया