शेयर बजारमा दोहोरो अंकको गिरावट,बैंकिङ्ग प्रणालीमा उत्पन्न क्रेडिट क्रन्चको असर,
बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम अभाव भएको खबरहरु सार्वजनिक भइरहँदा त्यसको प्रत्यक्ष असर शेयरबजारमा देखिएको छ । जसको कारणले दशैंपछि खुलेको शेयर बजारमा गिरावट आउन थालेको छ । यो साताको पहिलो दिन नै नेप्से दोहोरो अंकले घटेको छ ।
केहि वाणिज्य बैंकहरुको चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण उत्साहजनक आउने हल्ला चलिरहदा ति वाणिज्य बैंकहरुको कारोबारले बजार उचाल्न सहयोग पुर्याउँदै आएको थियो । तर बैंकहरुमा लगानी योग्य रकमको अभाव भएको, केहि बैंकहरुले कर्जा प्रवाह ठप्प पारेका जस्ता खबरहरुले शेयर बजारका लगानीकर्ता निरुत्साहित भएका छन् । जसले गर्दा शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ भने बैकिङ्ग समूह नै १५ अंकले ओरालो लागेको छ । होटल ०.११ अंकले बढेको छ । पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएको र वाणिजय बैंकहरुले अझै पनि गत बर्षको लाभांश घोषणा नगरेको अवस्थामा शेयर बजारका लगानीकर्ता भने अझै ‘पर्ख र हेर’ कै अवस्थामा रहेको देखिन्छ ।

साताको पहिलो दिन बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा बन्द हुने समयसम्म आईपुग्दा दोहोरो अंकले घट्न पुगेको छ । नेप्से परिसूचक १३.६२ अंकले घटेर १२२७.४९ अंकमा झरेको छ । कारोबारमा आएका होटल बाहेक सबै समूहको उपसूचक घटेपछि नेप्से दोहोरो अंकले घटेको हो । १६० कम्पनीको कारोबार भएको बजारमा ३२ करोड ६० लाख बराबरको कारोबार भयो । बजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । यसदिन सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको दुर्इ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर किानबेच भयो।

यसदिन नेपाल सेवा लघुवित्तका शेयर मूल्य सबैभन्दा धेरै झण्डै ६ प्रतिशतले बढेको छ भने आइएमई जनरल इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै पाँच प्रतिशत बढीले गुमाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया