आन्दोलनले राजधानी काठमाण्डौ अस्तव्यस्त बन्दै

नुवाकोट । फरकफरक मुद्दा र फरकफरक समूहले सोमबार राजधानीमा आन्दोलन गर्दा राजधानी अस्तव्यस्त बन्न पुग्यो ।

शिक्षक, चिकित्सक, सहकारी पीडित र राप्रपा नेपालसँग मिसिएको राजावादी मोर्चाले भृकृटीमण्डप र राप्रपाले शान्ति बाटीकामा आन्दोलन गरेको थियो ।
आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त भएको छ । यातायात व्यावसायीले लगातार आन्दोलनले गर्दा व्यापार चौपट भएको जनाएको छ । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि चुप रहेका राजावादीहरूले सोमबारबाट पुनः आन्दोलन शुरू गरेका हुन् ।
तीन दिनदेखि आवासीय चिकित्सकले माइतीघर मण्डलाबाट सिंहदरबार सर्वोच्च अदालत अगाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाहिर प्रदर्शन गरेका छन् । देशभरका सरकारी अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण सिंहदरबार–पुतली सडक, वागबजार, रत्नपार्क प्रर्दशनीमाग क्षेत्रमा यातायात अबरुद्ध भएको थियो ।
महिनौंदेखि आन्दोलनरत सहकारी पीडितले माइतीघरमा अर्धनग्न जुलुस प्रदर्शन गरेका थिए । उनीहरूले सहकारीले ठगेको रकम पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । विभिन्न संघसंगठनको आन्दोलनको कारण राजधानीको यातायात अवरुद्ध भएकोले कामको सिलसिलामा राजधानी आएका जनताले सास्ती बेहोर्नुपरेको थियो ।
शिक्षा ऐनको माग गर्दै २८ दिनदेखि जारी रहेको नेपाल शिक्षक महासंघको आन्दोलनले माइतीघरदेखि बानेश्वरसम्मको यातायात पूर्णरूपमा अस्तव्यस्त बनिरहेको थियो । आइतबार नयाँ बानेश्वरमा प्रहरी र शिक्षकबीच भएको झडपछि आक्रोशित महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सोमबार अबको आन्दोलन निर्णायक हुने उद्घोष गर्दै त्यसको लागि दशैभरका शिक्षकलाई राजधानी आउन निर्देशन दिनुभयो ।
यसैबीच महासंघले विद्यालय शिक्षा ऐन बन्ने विश्वासिलो प्रतिबद्धता आए आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएको छ । साथै महासंघले तत्काल ९ बुँदे माग कार्यान्वयन गर्नुपर्ने अडान पनि दोहो¥याएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया