काठमाडौंमा मंगलबारदेखि बिजुली बस सञ्चालनमा,प्रधानमन्त्रीले गरे शुभारम्भ

विदुर खबर २०७५ कार्तिक ६ गते ८:५६

Advertisement

काठमाडौं, काठमाडौंमा साझा यातायातको व्यवस्थापनमा मंगलबारदेखि ५ ओटा विद्युतीय बस सञ्चालनमा आएको छ ।बिजुली बस नाम भएको उक्त विद्युतीय सवारीमा पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बस सेवाको शुभारम्भ गरे।

विशेष रूपले सजाईएको विद्युतीय बसमा प्रधानमन्त्री ओली ,पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नेकपा नेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य,ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा साझाका पदाधिकारीले यात्रा गरेका थिए ।

Advertisement

बसमा चालकसहित २० जनाको सिट क्षमता रहेको साझा यातायातले जनाएको छ । लुम्बिनी विकास कोषलाई अनुदानमा एसियाली विकास बैंकले दिएको उक्त बस तत्काललका लागि काठमाडौं उपत्याकामै सञ्चालन हुने भएको हो।लुम्बिनीमा पुर्वाधार नबनेको भन्दै साझा यातायातको व्यवस्थापनमा काठमाडौंमै उक्त बस सञ्चालन गरिएको हो ।

Advertisement

प्रतिक्रिया