काठमाडौंमा मंगलबारदेखि बिजुली बस सञ्चालनमा,प्रधानमन्त्रीले गरे शुभारम्भ

काठमाडौं, काठमाडौंमा साझा यातायातको व्यवस्थापनमा मंगलबारदेखि ५ ओटा विद्युतीय बस सञ्चालनमा आएको छ ।बिजुली बस नाम भएको उक्त विद्युतीय सवारीमा पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बस सेवाको शुभारम्भ गरे।
विशेष रूपले सजाईएको विद्युतीय बसमा प्रधानमन्त्री ओली ,पर्यटनमन्त्री रवीन्द्र अधिकारी, नेकपा नेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य,ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा साझाका पदाधिकारीले यात्रा गरेका थिए ।
बसमा चालकसहित २० जनाको सिट क्षमता रहेको साझा यातायातले जनाएको छ । लुम्बिनी विकास कोषलाई अनुदानमा एसियाली विकास बैंकले दिएको उक्त बस तत्काललका लागि काठमाडौं उपत्याकामै सञ्चालन हुने भएको हो।लुम्बिनीमा पुर्वाधार नबनेको भन्दै साझा यातायातको व्यवस्थापनमा काठमाडौंमै उक्त बस सञ्चालन गरिएको हो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया