नुवाकोटबाटै प्रत्यक्ष चुनाव लड्छु : डा. महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै आधारमा नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन्।

उनले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे। शुक्रबार नेपाली कांग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। उनले नुवाकोट लगायत देशभर कांग्रेस नेतृत्वमै धेरै विकास भएको स्मरण गराउँदै आगामी निर्वाचनमा नुवाकोटबाटै प्रत्यक्ष निर्वाचन लड्ने घोषणा समेत गरे।
महतले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गरे। “मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरें। अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु,” उनले घोषणा गरे।
उनले कांग्रेस पार्टी कुरामा भन्दा काममा विश्वास राख्ने दल भएको उल्लेख गर्दै, पार्टीका नेताकार्यकर्तालाई कांग्रेसका उपलब्धिहरू प्रचार गर्न पनि आग्रह गरे।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने





प्रतिक्रिया