लिङदेन नेतृत्व असफल भएकाे पूर्वराजा र शीर्ष नेताको निष्कर्ष
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरु गरिएको छ।
स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन सुरु गरिएको हो।
लिङ्देन नेतृत्वमा आएपछि पार्टीलाई झन् क्षति पुगेको निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा प्रस्तुत हुने भएका छन्।
राप्रपाको आगामी माघ ११-१२ गते बस्न गइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको नेतृत्व क्षमतामा प्रश्न उठाउने गरी असन्तुष्ट पक्षले तयारी गरिरहेका छन्।
हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन परिणामले सिंगो राप्रपामा चिन्ता छाएको जनाएका थिए।
त्यसपछि पार्टीभित्र नयाँ शिराबाट बहस सुरु हुन थालेको छ। ‘स्थानीय तहको उपनिर्वाचनमा जुन मत राप्रपाले पाएको छ, त्यसले सिंगो राप्रपा पंक्तिलाई निराश बनाएको छ, व्यक्तिगत रूपमा म त निकै नै चिन्तित छु,’ राणाले बैठकमा भनेका थिए।
तर, अध्यक्ष लिङ्देन पक्षधर प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने राप्रपाको मत नघटेको, बरू बढेको तर्क गरेपछि बैठकमा अन्य नेताले भने निकै आपत्ति जनाएका थिए। सो मत घटेको र बढेको विषयमा केन्द्रीय कार्य सम्पादन समितिमा भने निकै बहस भएको जनाइएको छ।
‘ज्ञानेन्द्रजीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मत बढेको भनेर तर्क गरे पनि राप्रपाले सबै स्थानीय तहमा गरी जम्मा ३ हजार ७१ मत मात्रै प्राप्त गरेको तथ्यांकले नै देखाएको छ, सबै स्थानीय तहमा पार्टीको लज्जास्पद रूपमा जमानत जफत भएको छ,’ असन्तुष्ट पदाधिकारीले बैठकमा भने, ‘अब यो विषय केन्द्रीय समिति बैठकमा उठ्ने छ।’
ती पदाधिकारीका अनुसार स्थानीय तहका निर्वाचनमा केन्द्रीय कमान्डर अर्थात् अध्यक्ष लिङ्देन थिए। उनले आफ्नै गृहजिल्लामा भएको निर्वाचनमा जम्मा २६ मत मात्रै जोड्न सकेका छन्।
लिङ्देनको गृहजिल्ला झापास्थित जिल्ला कन्काई नगरपालिका-६ का वडाअध्यक्षका उम्मेद्वार केशवबहादुर ओझाले जम्मा २६ मत मात्रै ल्याएपछि लिङ्देनको नेतृत्वमाथि थप प्रश्न उठेको हो। त्यहाँ लिङ्देनले पार्टी प्रवक्ता तथा प्रदेश सांसद भक्ति सिटौलालाई चुनावी कमान्डर बनाएका थिए।
‘कतिसम्म भने राप्रपाको वडा समिति ५१ सदस्यीय हुन्छ तर अध्यक्षको गृह जिल्लाको वडाध्यक्षले जम्मा २६ मत मात्रै पाउँछन्, उसो भए ४९ सदस्यको मत राप्रपाको खोई त?,’ एक पदाधिकारीले प्रश्न गरेका छन्, ‘जुलुसमा सहभागी मात्रैले भोट हालेको भए पाँच सय मत नाघ्थ्यो तर कसैले हालेनन्, किन? यो प्रश्नको जवाफ अध्यक्षले अब केन्द्रीय समितिमा दिनुपर्छ।’
आफ्नै गृह जिल्लामा ५० मत कटाउने नसक्ने अध्यक्षले सिंगो पार्टीको नेतृत्व गरेकाले पनि पार्टीमा समस्या देखा परिरहेको उनीहरूको तर्क छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया