पूर्व सांसदले गरे आत्महत्या

विदुर खबर २०७५ असोज २७ गते ९:५२

विराटनगर ,मोरङमा एक  पूर्व सांसदले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नं २ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरण्डामा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरिक्षक.गोविन्द खवासले जानकारी दिए ।

Advertisement

उनी २०३८ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा मोरङको प्रतिनिधित्व तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाहीकालमा अन्चल प्रशासक रहेका थिए । धिमाल मुटु, हर्निया आदि रोगबाट पिडित थिए । धिमालका श्रीमती तथा एक छोरा रहे पनि उनीहरु काठमाडौ बस्नेहुदा धिमाल एक्लै लालभित्ती स्थित घरमा वस्दै आएका थिए ।

Advertisement

मृत्यु पर्यन्त नै शरीर दान गरेका धिमालको शरीर पोष्टमाटमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालयले बेलबारीले जनाएको छ । लामो समयदेखि रोगबाट पिडित धिमालको आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया