एनपीएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
नुवाकोट । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।
क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।
सहभागी टोलीमा चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया