नुवाकोटको सुर्यगढी गाउपालिका माछापोखरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३७ जना घाइते

विदुर खबर २०७५ असोज २६ गते ९:५८
फाईल फोटो ।

Advertisement

नुवाकोट÷नुवाकोटको सुर्यगढी गाउपालिका वडा नम्बर ४ स्थित माछापोखरीमा यात्रुबहाक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन भने १२ जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मृत्यु हुनेमा पञ्चकन्या गाउपालिका वडा नम्बर ४ का २७ बर्षीय मिना तामाङ र चितवन घर भएका ५० बर्षीय बलराम तिवारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभएको छ ।
गम्भीर घाईते भएका १२ जना मध्ये ४ जनालाई नेपाली सेनाको हेलिकप्टर र ८ जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौको ग्रिन सिटी हस्पिटलमा उपचारको लागी पठाईएको छ । अन्य घाईतेहरुको जिल्ला अस्पताल त्रिशुली, बिदुररमा रहेको सिटी हस्पिटल र सञ्जिबनी अस्पताल बट्टारमा उपचार भैरहेको छ ।
शुक्रबार बिहान करिव १० बजे दुप्चेश्वर गाउपालिका वडा नम्बर ४ को मसेरी भन्ने स्थानबाट त्रिशुलीको लागी छुटेकोे बा १ ख ६३५६ नम्बरको पासाङ ल्हामु यातायातको बस सडकबाट करिव २ सयमिटर तल खसेर बस दुर्घटनामा परेको घाइतेहरुले बताएका छन । दुप्चेश्वर गाउपािलका र बिदुर चल्ने सो बसले क्षमता भन्दा बढी यात्रु बोकेको र तिब्र गतिमा भएको कारण दुर्घटनामा परेको घाइते वाङ्गेल तामाङले बताउनुभयो । तामाङले बस चालकलाई पटक पटक कम गतिमा बस चलाउन आग्रह गरेपनि नमानेको कारण दुर्घटना भएको बताउनुभएको छ ।
स्थानियबासीका अनुसार बस चालक आफै बसधनी भएको र यसअघि पनि तिब्र गतिमा बस गुडाएका कारण समितीबाट कार्बाहीमा परेको बताईएको छ ।

प्रतिक्रिया