अपहरण गरेको आरोपमा रसुवाका ४ जना पक्राउ
नुवाकोट । अपहरण तथा शरीर बन्धकको कसुरमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रसुवाको गोसाईकुण्ठ थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, गोसाईकुण्ड भार्खुकै ३८ वर्षीय नुर्पु सिंगी तामाङ, गोसाईकुण्ड धुन्चेका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवाको कालिका राम्चेका ४८ वर्षीय गोपाल तामाङ छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३० कात्तिकमा पक्राउ गरेको हो । यो समूहले ४ असोजमा काठमाडौंको माछापोखरीबाट व्यक्ति अपहरण गरेको आरोप छ ।
अपहरण गरी ट्याक्सीमा राखेर बुढानीलकण्ठ नारायणस्थानस्थित शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
आँखामा पट्टी बाँधी बन्धक बनाउँदै कुटपिट गरेको र चेक काट्न समेत लगाएको आरोप यो समूहमाथि छ ।
पक्राउ परेकाहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया