प्रदेशमा रहेका कर्मचारीले कसरी दशैँ मनाउने ? साउन महिनापछिको तलब पाएका छैनन्

विदुर खबर २०७५ असोज २६ गते ४:०३

नुवाकोट असोज २६, करिव ३ महिनादेखिको तलब नपाएका जिल्लामा रहेका प्रदेश सरकार अन्र्तगत रहने सरकारी कार्यलयका कर्मचारीले कसरी दशैँ मनाउलान भन्ने जिज्ञासाले यति बेला सबैलाई कौतुहलता सिर्जना गरेको छ ।

Advertisement

नयाँ संरचना अनुसार बनेका र प्रदेश अन्र्तगत रहने भनिएका सरकारी कार्यलयहरु जिल्ला कृषि विकास कार्यलय, पशु विकास कार्यलय, जिल्ला वन कायर्यलय, खानेपानी डिभिजन तथा सरसफाई डिभिजन कार्यालय, वन कार्यलय,वागवानी र भुसंरक्षणका कर्मचारीहरु तलब निकासा नभएको तिन महिना बितेको भन्दै अहिले क्रृण लिएर भएपनि दशै मनाउने तरखरमा देखिएका छन । तलब नआएको तिन महिना भयो एक सहकारीसँग राम्रै प्रतिशत ब्याज तिर्ने शर्तमा त्रृण लिएर दशै मनाउने तयारी गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय विदुरका इन्जिनियर लोकनाथ सापकोटाले बताए । इन्जिनियर सापकोटाले आफुहरुले तलब नपाउको तिन महिना बितिसक्दा समेत सम्बन्धित निकायको ध्यान नजानु आश्चर्यजनक रहेको बताए ।

करिव तिन महिना तलब नआउँदा आफुहरुको गाँस, वाँस र कपासमा समस्या परिसकेको र देशैकै ठुलो चाड दशैमा समेत त्रृण काढेर मनाउँनुपर्ने अवस्था आएको जिल्ला कृषि विकास कार्यलयकी कार्यलय सहयोगी लक्ष्मी बोगटीले बताइन । त्यस्तै समस्या अर्का कर्मचारी सिंहबहादुर तामङको पनि छ । तामाङले श्रावणदेखि तलब निकासा नभएको र त्यसले अन्यौलता सिर्जना गरेको बताए । उनले तलब नआएकोले दशै उधारो मान्ने तयारी गरेको बताए । जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय एकाईमा पनि तलब नआएको तिन महिना हुनै लागेको छ । तर शिक्षा कार्यलयको तलब जिल्ला प्रशासन कार्यलयमा आइसकेकोले निकासा हुन मात्र बाँकी रहेको र प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले अख्तियारी दिएमा संभवत केही दिनमै तलब आउने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मदनकुमार थापाले बताए ।

Advertisement

करिव तिन महिनासम्म पनि तलब निकासा हुन नसक्दा जिल्लामा कार्यरत केही कर्मचारीले भने मुलक संक्रमण कालको अवस्थामा रहेकोले यस्तो समस्या देखिएको धारणा व्यत्त गरेका छन । जिल्ला पशु कार्यलयका निमित्त प्रमुख ठकहर मण्डलले तलब समयमै निकासा नहुँदा निम्न र मध्यम स्तरका कर्मचारी मर्कामा परेको बताए । त्यस्तै निजामति कर्मचारी युनियन संघ नुवाकोटका अध्यक्ष निलमकुमार भुसालले केन्द्र सरकारलाई तलबको निकासाको लागि संगठनले सरकारललाई तलब निकासाको लागि आग्रह गरिसकेको बताए । उनले आफुहरु सधै निजामति कर्मचारीको हकहितमा लागिपरेको भन्दै यस विषयमा माथिल्लो निकायमा छलफल चलिरहेको बताए । भुषालले भने “अहिले देशमा संक्रमणकालिन अवस्था रहेकोले त्यस्तो समस्या देखिएको उल्लेख गरे । अहिले जिल्लामा रहेका करिव चारदर्जन सरकारी कर्मचारी तलब नआएको भन्दै दशैँ कसरी मनाउने भन्न्े चिन्तामा डुबेका छन ।

प्रतिक्रिया