चौतर्फी विरोध भएपछि वामदेव काठमाण्डौ ७ बाट चुनाव नलड्ने मुडमा

विदुर खबर २०७५ असोज २६ गते ३:३८

नुवाकोट असोज २६, चौतर्फी विरोध भएपछि नेकपाका नेता वामदेव गौतम काठमाण्डौ ७ बाट चुनाव नलड्ने मुडमा पुगेका छन ।

Advertisement

पार्टीभित्र तथा बाहिरबाट चर्को दबाब आएपछि नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने हुनुभएको छ। चौतर्फीरूपमा नेता गौतमको चर्को आलोचनाका कारण उहाँले आफू कहींबाट पनि उपचुनावमा सहभागी नहुने घोषणा गर्नुभएको छ।लामो समयदेखि संसद्मा जाने योजनामा रहनुभएका नेता गौतमका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन तयार रहेको घोषणा गर्नासाथ नेकपाका समर्थक तथा विपक्षी दलका समर्थकहरूले सामाजिक सञ्जालमार्फत नेता गौतमको आलोचना गरेपछि उहाँले आफू चुनावमा सामेल नहुने घोषणा गर्नुभएको हो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा गौतमसहित सांसद मानन्धरलगायतका नेताहरूको बैठकले नेता गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट उठाउन मानन्धरलाई राजीनामा गर्न लगाउने योजनामुताविक मानन्धरले राष्ट्रिय नेताका लागि आफूले पदत्याग गर्ने घोषणा गरेपछि मुलुकको राजनीतिमा तरंग आएको थियो। पार्टी स्थायी कमिटी वा पार्टी सचिवालयमा समेत कुनै परामर्श नगरी सांसद मानन्धरले राजीनामा दिने घोषणा गरेपछि पार्टीका उच्च तहका नेता नै आश्चर्यमा परेका थिए। नेकपाको ९ सदस्यीय सचिवालयका पदाधिकारीमध्ये ६ जनाले सार्वजनिकरूपमै गौतमको उम्मेदवारीको विषयमा प्रश्न उठाएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले नै गौतमलाई सार्वजनिकरूपमा चुनाव नउठ्ने घोषणा गर्न आग्रह गरेपछि गौतमले आफू अब कुनै पनि उपनिर्वाचनमा सहभागी नहुने घोषणा गर्नुभएको एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए।

Advertisement

पार्टीका दुवै अध्यक्ष र सचिवालयका केही पदाधिकारीसँग छलफल गरेपछि उहाँ उपचुनावमा सहभागी नहुने निष्कर्षमा पुग्नुभएको बताइएको छ।गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित भएपछि नेता गौतम संसद्मा आउन विभिन्न निर्वाचन क्षेत्रबाट उठ्ने चर्चा चले पनि पछिल्लोपटक भने सांसद मानन्धरलाई अर्को आकर्षक पदमा सेटलमेन्ट गराउने आश्वासन दिएपछि उहाँले सांसद पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो। यो प्रकरणले सांसद मानन्धरको रानजीतिक भविष्यप्रति नै प्रश्न चिहरन खडा भएको छ। उहाँलाई ७ नम्बरका मतदाताले विभिन्न टिप्पणी गर्न थालेका छन्।

प्रतिक्रिया