चिनियाँ सामान तिहारमा पनि आइनपुग्दा करोडौँको क्षति
नुवाकोट । दशैंलाई लक्षित गरि चीनबाट मगाएको सामान तिहारमा पनि काठमाण्डौ नआईपुग्दा ब्यापारीहरुले करोडौंको क्षति व्योहोर्नु परेको छ।
वर्षौंदेखि सहज रुपले चल्न नसकेका सडकमार्गमा यहि असोज ११ गतेको अविरल बर्षाको बाढी पहिरोले क्षति पुर्याएकाले सडकमार्ग अवरुद्द हुँदा दशैं लक्षित सामान तिहारमा पनि काठमाण्डौ आइपुग्न नसकेको हो।
कहिले भूकम्प त कहिले कोभिड महामारीले सामान आयातनिर्यातमा सकस झेलेकाहरुले यस पटक बाढीको असरका कारण मालवाहक ट्रकहरू कैयौँ सातासम्म आउजाउ गर्न नसकेका हुन्। दशैँलाई भनेर ल्याउन लागिएका सामान तिहारसम्म पनि आइपुग्ने अवस्था नबनेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सभापति रामहरि कार्कीको भनाई छ।
लत्ताकपडा वा इलेकट्रोनिक्स सामान अरू बेलालाई पनि काम लाग्छ भनेर चित्त बुझाउने अवस्था रहेपनि स्याउ र लसुनजस्ता खानेकुरा कुहिएकाले ब्यापारीको बिजोग भएको उनको भनाई छ। रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेल चीनतर्फका ठूला गोदाममा केही कन्टेनर फलफूल कुहिएर फ्याँकिएको विवरण आएको बताउँछन्।
यस प्रकारको क्षतिले ब्यापारीलाई मात्रै नभई राज्यलाई पनि करोडौको राजस्वमा धक्का लागेको छ। अहिलेसम्म करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
रसुवागढी नाकामा चीनतर्फको भूभागमा सडकमा क्षति पुगेका कारणले त्यो पूर्ण रूपमा बनिसक्न अझै केही साता वा महिना लाग्न सक्ने बुझिएको छ। गत महिना भीषण वर्षाले भोटेकोशीको बेलिब्रिज र तातोपानीनजिकै लिपिङखोलाको पुल बगाएको थियो।
कोदारी राजमार्ग समेत धेरैतिर अवरुद्ध बनेपछि हाल अस्थायी उपाय अपनाएर त्यसलाई सञ्जालनमा ल्याइएको छ। सामान्य अवस्थामा रसुवागढी र तातोपानी भन्सारले मासिक दुई अर्ब रुपैयाँ हाराहारीमा राजस्व सङ्कलन गर्नेगर्छन्। रसुवागढी हुँदै चीनबाट सबैभन्दा बढी सामान नेपाल आउने गर्छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया