काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतंककारीको मृत्यु

विदुर खबर २०७५ असोज २५ गते १३:०८

श्रीनगर- भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतंककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतंककारीहरु नै रहेको बताइएको छ। भारत नियन्त्रित सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो। हान्दवारा जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो।

झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको बताइएको छ।

Advertisement

प्रतिक्रिया