नेकपा नुवाकोटको विदुरमा कार्यालय स्थापना
नुवाकोट, नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी विदुरको कार्यालयमा नेकपा नुवाकोटको कार्यालय स्थापना गरिएको हो ।
विदुरमा आयोजित कार्यक्रममा नेकपाकी प्रदेश नं ३ की संयोजक अष्टलक्ष्मी शाक्य, उपसंयोजक हितबहादुर तामाङ, प्रतिनिधसभाका सदस्य नारायनप्रसाद खतिवडा लगायतले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गरेका थिए । गत जेठ ३ गते एकता भएका एमाले र नेकपा (माओवादी केन्द्र)को जिल्ला तहमा एकता प्रक्रिया भने शुरु भएको छैन । एकता प्रक्रिया पूरा नहुँदा पार्टी गतिविधि सञ्चालनमा समस्या सिर्जना भएकाले प्रदेश कमिटीको निर्देशनबमोजिम पार्टी कार्यालय स्थापना गरिएको प्रदेश नं ३ की संयोजक शाक्यले बताइन । शाक्यले निर्वाचनपछि नुवाकोटजस्तो कांग्रेसको किल्ला पुरै वाममय भएको भन्दै सबै नेताले जनताको काम र पिरमर्कालाई बुझन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा प्रदेश नं ३ का उपसंयोजक हितबहादुर तामाङले पाटी एकिकरण भएपनि पार्टीले प्रभावकारी रुपमा काम गर्न नसकेको बताए र उनले पार्टी एक भएपनि जिल्ला र स्थानिय तहमा एकिकरण गर्न नसकेकोले समस्या भएको बताए । त्यस्तै प्रतिनिधिसभाका सांसद तथा एमाले नेता नारायण प्रसाद खतिवडाले संघिय सरकार र नुवाकोटे जनताको समस्या सरकारसामु पुराउने काम गर्ने बताए । उनले आफु जनप्रतिनिधि भएकोले सकै कामको समन्वय गर्न तयार रहेको बताए ।
नुवाकोटमा जिल्ला कमिटी तथा मातहतका कमिटीको एकताका लागि प्रदेश कमिटीले कार्यदलले एकताको खाका बनाइरहेको नेकपाका जिल्ला सचिव बुद्धि प्रधानले बताए । एकता कार्यदलले नेकपाका स्थानीय कमिटी, पेशागत, भ्रातृ तथा जनवर्गीय सङ्गठन, विभाग तथा मोर्चाको जिल्ला कमिटीको खाका तयार पारी प्रदेश कमिटीमा सिफारिश गरिने उहाँले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया