बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो
विदुर खबर
२०८१ असोज १३ गते २२:१४
नुवाकोट । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।
काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ । १० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परेर ११ जना घाइते भएका छन् । उनीहरुको निःशुल्क उपचार भइरहेको छ ।
करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ । आइतबार मात्र काभ्रे, सिन्धुली, ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया