विदुर नगरपालिकामा स्कुल स्कुलमा प्रहरी कार्यक्रम सम्पन्न

विदुर खबर २०७५ असोज २३ गते १२:५४

नुवाकोट असोज २३,विदुर नगरपालिकामा रहेका सामुदायि तथा निजी विद्यालयमा गत महिनादेखि संचालन भइरहेको स्कुल स्कुलमा प्रहरी कार्यक्रम सम्पन्न मंगलबार सम्पन्न भएको छ ।

Advertisement

भदौ २५ गते भैरुम माविबाट शुरु भउको कार्यक्रम विदुर नगरपालिका वडा नं ६ को जेडि बोर्डिङ विद्यालयमा आएर कार्यक्रम सकिएको हो । स्कुल स्कुलमा प्रहरी कार्यक्रमको समापन गर्दै विदुर नगरपालिकाका मेयर संञ्जु पण्डितले यौनजन्य हिंसा बढेकोले नुवाकोट प्रहरी र समुदायिक प्रहरी सेवा केन्द्र र विदुर नगरपालिकाको सहयोगमा नगर क्षेत्रमा रहेका विद्यालयमा कार्यक्रम संचालन गरेको बताउनुभयो । कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले महिला तथा वालबालिकामाथि हिंसा बढेकोले सचेतना फैलाउन यस्तो कार्यक्रम जिल्लाको अन्य विद्यालयमा समेत आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराई, सामुदायिक प्रहरी कार्यलयका अध्यक्ष उत्सव अर्याल, लगायतको उपस्थिति रहेको थियो । स्कुल स्कुलमा प्रहरी कार्यक्रममा प्रहरी नायब उपरिक्षक भट्टराई,सामुदायिक प्रहरी कार्यलयका अध्यक्ष अर्याल र प्रहरी सहायक निरिक्षक भोजराज थापाले प्रशिक्षण दिनुभएको थियो ।अभियान अन्तर्गत महिला,बालबालिका तथा यौनजन्य अपराध रोकथाम र नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरिएको  थियो । सामुदायीक प्रहरी सेबा केन्द्रबाट संचालित १ महिने स्कुल स्कुलमा प्रहरी अभियान अन्तर्गत  अन्तिम दिन सम्ममा जिल्ला नुवाकोट भित्रका ५६ स्कुलमा ४६५५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया