जेष्ठ नागरिकलाई घरघरमा पुगेर बृद्धभत्ता बाँड्दै विदुर नगरपालिका, घरमै भत्ता पाएपछि जेष्ठ नागरिक दंङ्ग

विदुर खबर २०७५ असोज २२ गते १३:५५

नुवाकोट असोज २२, प्रभु बैक बट्टार शाखाले आज नुवाकोटको बिदुर नगरपालिका स्थित चैनपुरमा भएका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता गाउमा नै पुगेर बितरण गरेको छ ।

Advertisement

सामाजिक सुरक्षा भत्ता बापत जेष्ठ नागरिकहरुले महिनाको २ हजार रुपैयाको दरले प्राप्त गर्ने रकम एकमुष्ट ४ महिनाको जम्मा गरी ८ हजार रुपैया जेष्ट नागरिकहरुको हातहात पुर्याउने अभियानमा बिदुर नगरपालिका भित्र प्रभु बैँक सक्रिय हुँदै आईरहेको छ ।सामाजिक सुरक्षा भत्ता रकम हस्तान्तरण कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले प्रभु बैकको बृद्धबृद्धाहरुलाई घरमा नै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने अभियानको प्रशंसा गर्नुभएको छ । 

यस्तै, बिदुर नगरपालिकाका उपमेयर गीता दाहालले प्रभु बैक मार्फत सुरक्षित तरिकाबाट जेष्ठ नागरिकहरुलाई घरदैलोमा ने रकम उपलब्ध गराउने कार्य उत्कृष्ठ रहेको बताउनुभएको छ । उहाँले आगमी दिनमा जेष्ठ नागरिकहरुको आबश्यकतालाई ध्यानमा राखेर भत्ता बढाउन आफुहरुको भूमिका सकारात्मक हुने समेत बताउनुभएको छ ।

Advertisement

यस्तै, प्रभु बैकका ब्यबस्थापक दिपक सिम्खडाले बिदुर नगरापलिका सहकार्यमा नगरपालिका भित्र रहेका ३, ६,७, ११, १२ र १३ नम्बरका वडाहरुमा सुरक्षा भत्ता बितरण गर्ने सम्झौता अनुसार काम अगाडी बढाएको बताउनुभएको छ । उहाँले १२ नम्बर वडामा ६ सय ५३ जनालाई रकम बितरण गर्नुपर्ने भन्दै प्रक्रिया पुराएर सम्झौता भएका वडाहरुमा दशै अगाडी नै रकम बितरण गर्ने योजना बनाएको स्पष्ट पार्नुभएको छ । प्रभु बैकले गाउगाउमा नै पुगेर जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरेसँगै बृद्धबृद्धाहरु उत्साहित भएका छन् । बैकको अनुसार नगरपालिका भित्रका २ वटा वडामा रकम बितरण गरिसकेको छ ।

प्रतिक्रिया