सिडियो र मेयर झाडु लिएर सडकमा उत्रिए

विदुर खबर २०७५ असोज २२ गते १३:३८

Advertisement

नुवाकोट असोज २२,बिदुर नगर हाम्रो शहर, सफा राख्ने सबैको रहर भन्ने नारा सहित बिदुर नगरपालिका भित्र रहेका मुख्य बजार क्षेत्र बट्टारदेखि ढुंगे बजारसम्म सरसफाई गरिएको छ ।

बिदुर नगरपालिका नगर कार्यापालिकाको कार्यालयको नगर सरसफाई अभियान शुभारम्भ कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नगरपालिका भित्र सरसफाईको क्षेत्रमा निकै समस्याहरु आईरहेको भन्दै आफुहरुले सरसफाई अभियान शुभारम्भ गर्दै नागरिकहरुलाई सुसुचित गरी सफा र स्वच्छ नगर बिकासको लक्ष्य लिएर कार्यक्रम शुभारम्भ गरिएको बताउनुभएको छ ।

Advertisement

बिदुर नगरपालिकाका मेयर पण्डितले नगरपालिका अन्य बिषयमा अगाडी रहेको तर सरसफाई क्षेत्रमा भने पछि परेको भन्दै आफ्नो घर अगाडीको आगन तथा सडकको सरसफाईको लागी नागरिकहरु आफै सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । यस्तै, नगर सरसफाई अभियान शुभारम्भ कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर गीता दाहालले सकारात्मक परिबर्तन आफैबाट सुरुवात गर्नुपर्ने बताउदै नगरको सौदन्यर्ता कायम राख्नको लागी सरसफाई अभियान शुभारम्भ गरिएको बताउनुभएको छ ।

सरसफाई अभियान शुभारम्भ कार्यक्रममा नुवाकोेटका प्रमुख जिल्ला अधिकारी उदबबहादर थापा, जनप्रतिनिधी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बसन्त कुँबर, श्रीनाथ गण देबिघाटका प्रमुख अन्जन रुपाखेती, मैथली ब्यारेका प्रमुख, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया