‘को बन्छ करोडपति’ कार्यक्रम एपिवान एचडिमा आउने ,दुई महिनाभित्र प्रशारणको तयारी

विदुर खबर २०७५ असोज १८ गते १४:४८

Advertisement

नुवाकोट असोज १८,‘को बन्छ करोडपति’ को नेपाली संस्करण केविसि नेपाल विश्व प्रशिद्द ब्राण्ड कोकाकोलासंग आबद्द भएको छ ।

नेपाल आइडल दुबै सिजनको अपार सफलतापछि एपिवान टेलिभिजनमै विश्वविख्यात टेलिभिजन रियालिटि शो ‘को बन्छ करोडपति’ को नेपाली संस्करण आगामि दुई महिनाभित्र प्रशारणको तयारीमा रहेको छ । यस कार्यक्रमले नेपाली टेलिभिजन इतिहासमा नयां आयाम थपिने विस्वास लिइएको छ ।

Advertisement

केविसि नेपालको प्रमुख प्रायोजक अम्बुज सिंहले ‘को बन्छ करोडपति’ कार्यक्रमको अंग बन्न पाएकोमा खुशि लागेको बताउँदै महानायक राजेश हमालसंग सहकार्यमा काम गर्न पाउंदा आफू हर्शित भएको बताउनुभयो ।‘को बन्छ करोडपति’ मार्फत कोकाकोलासंग सहकार्य गर्न पाउंनु खुशिको कुरा रहेको अन्नपुर्ण मिडिया नेटवर्कका प्रवन्धक निर्देशक लक्ष्मी प्रसाद पौड्यालले बताउनुभयो । उहांले एसआरविएन र एपि वान एचडि ले मिलेर विश्वस्तरकै गुणस्तरीय कार्यक्रम बनाउंने विश्वास दिलाउंन चाहेको बताउनुभयो । त्यस्तै महानायक हमालले ‘को बन्छ करोडपति’ लाई कोकाकोलाको साथ मिल्नु राम्रो रहेको बताउनुभयो । उहाँले यो कार्यक्रमलाई विश्वस्तरकै बनाउंने चुनौति आफ्नो सामु रहेको बताउंदै त्यसको लागि आफूलेहरुले मेहेनत पनि गरीरहेका बताउनुभयो ।

एसआरविएनका प्रवन्ध निर्देशक विपिन आचार्यले ‘को बन्छ करोडपति’ कार्यक्रम मानिसको जीवनमा खुशि ल्याउने एउटा माध्यम बनेको सबैलाई थाहा भएकै हो भन्दै आफुहरुले एपिवान एचडिसंग मिलेर नेपालमा पनि खुशिको बहार फैलाउंने विस्वास दिलाउन चाहेको बताउनुभयो । डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको ‘को बन्छ करोडपति’ प्रशारणमा ल्याउने नेपाल १ सय ६१ औँ देश बनेको छ ।

Advertisement

वेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा शुरु भएको ‘को बन्छ करोडपति’ कार्यक्रम भारतमा मात्रै ४ भाषामा प्रशारण हुने गर्दछ । नायक अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपति नेपालमा पनि त्यतिनै हेरिने कार्यक्रममा पर्छ जति भारतमा हेरिन्छ । यो कार्यक्रम एपिवान एचडिमा सांझ ८ः३० बजे शनिबार, आइतबार र सोमबार प्रशारण हुनेछ ।
बौद्धिक खेल भएकोले यो खेललाई धेरैले मन पराएका छन् ।

प्रतिक्रिया