बाढी-पहिरोमा परी हालसम्म १३१ जनाको मृत्यु
नुवाकोट । बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ।
विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
विपद्मा परी एक सय ४४ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। कोशीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँच गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ।
बाढी पहिरामा परी कोशी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक गरी ९ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य जारी छ।
बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
पाँच सय ९४ वटा पशु चौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया