नुवाकोटको सबै रुटमा सरकारले तोकेको भाडादर लागु हुने,बढी लिए कारवाही

नुवाकोट असोज १८, नुवाकोटको सबै सरकारले तोकेको भाडादर मात्र लागु हुने भएको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यलयमा नुवाकोटमा निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माको अध्यक्षतमा बसेको सर्वपक्षिय बैठकले सरकारले तोकेको भाडादर सबै रुटमा mागु गरिने निमित्त प्रमुख जिल्ला अधिकार िशर्माले विदुरखबरलाई बताए । नुवाकोट प्रहरी प्रहरी उपरिक्षक वसन्त कुवर,प्रमुख अनुसन्धान अधिकृत धिरेन्द्र वानिया र शशस्त्र प्रहरीका नुवाकोट प्रमुख निरञ्जन भण्डारीसहित यातायात व्यवसायीहरुबिचको छलफलले सो निर्णय गरेको हो ।
छलफलले छतमा यात्रुहरु नराख्ने,यात्रुका झिटिगुन्टा बाहेकाका समान नराख्ने, यात्रुहरुलाई शिष्ट व्यवहार गर्ने निश्कर्ष निकालेको छ । साथै स्थानिय रुटको भाडाको विषयमा भने प्रमुख जिल्ला अधिकारी जिल्ला आएपछि छलफल गरिने बताइएको छ । छलफलबाट पारित गरिएको निर्णयको कार्यान्यनको अनुगमन गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ । सबारीसाधन मापदण्ड बिपरित सञ्चालन भएको पाईएमा आफुहरु कारबाही गर्न बाध्य हुने प्रहरी प्रमुख बसन्त कुँबरले बताए । प्रहरी प्रमुख कुवरले यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा आफुहरुले तत्काल ठाउँको ठाउँ कारवाही गर्ने बताउनुभयो । चाडपर्वको समयमा यात्रुहरु ठगिनेक्रम बढिरहेको भन्दै ट्राफिक प्रमुख शम्भूु अधिकारीले सवारीसाधनको भाडा तिर्दा आफु पनि सजग हुन आग्रह गरेका छन । बिशेष गरी ग्रामीण भेगका यात्रुहरु चाडपर्वको बेलामा सदरमुकाम सामान किनबेचका लागी आउने गरेको र यातायात ब्यबसायीहरुले जति रुपैया तोके पनि आफुहरुले बढी भाडा दिएर यात्रा गर्नपरेको गुनासो गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया