गोयनकाको ९ लाख रुपैयाँको सहयोगमा हावाघरमा भुकम्प स्मृति पार्क बन्ने
नुवाकोट असोज १८, विनासकारी भूकम्प २०७२ बाट मृत्यु भएकाहरुको सम्झनामा भुकम्प स्मारक निर्माण गर्न गोयनकाले ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नुवाकोट उद्योग वाणिज्य संघले बनाउन लागेको स्मारकलाई गोयनका स्टिल्स प्रा. लि. ले ६ लाख ३० हजार २ सय ५८ रुपैया ७० पैसा र गोयनका सिमेन्ट प्रा.लि. ले २ लाख ८५ हजार ७ सय ७० रुपैयाँ हस्तान्तरण गरिएको हो । नुवाकोटमा रहेको गोयनका समूहका डिलर÷ विक्रेताहरुको सहकार्यमा विक्रि भएको फलामे छड र सिमेन्टको परिमाणलाई आधार मानी भूकम्प पिडितलाई सहयोगार्थ कार्यक्रम अन्तर्गत रहेर स्मारक निर्माण गर्न आर्थिक सहयोग गरेको गोयनका समूहका म्यानेजिङ डाइरेक्टर अजय गोयनकाले बताएका छन् ।
विदुर नगरपालिका–४ बट्टारमा रहेको हावाघर परिसरमा स्मारक निर्माण गर्न लागिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिएका छन् । स्मारक निर्माण कार्य तिहार पछि थाल्ने बताइएको छ । भूकम्पमा परी नुवाकोटका ११ सय १२ जनाले ज्यान गुमाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया