गोयनकाको ९ लाख रुपैयाँको सहयोगमा हावाघरमा भुकम्प स्मृति पार्क बन्ने

विदुर खबर २०७५ असोज १८ गते ११:०४

नुवाकोट असोज १८, विनासकारी भूकम्प २०७२ बाट मृत्यु भएकाहरुको सम्झनामा भुकम्प स्मारक निर्माण गर्न गोयनकाले ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघले बनाउन लागेको स्मारकलाई गोयनका स्टिल्स प्रा. लि. ले ६ लाख ३० हजार २ सय ५८ रुपैया ७० पैसा र गोयनका सिमेन्ट प्रा.लि. ले २ लाख ८५ हजार ७ सय ७० रुपैयाँ हस्तान्तरण गरिएको हो । नुवाकोटमा रहेको गोयनका समूहका डिलर÷ विक्रेताहरुको सहकार्यमा विक्रि भएको फलामे छड र सिमेन्टको परिमाणलाई आधार मानी भूकम्प पिडितलाई सहयोगार्थ कार्यक्रम अन्तर्गत रहेर स्मारक निर्माण गर्न आर्थिक सहयोग गरेको गोयनका समूहका म्यानेजिङ डाइरेक्टर अजय गोयनकाले बताएका छन् ।

विदुर नगरपालिका–४ बट्टारमा रहेको हावाघर परिसरमा स्मारक निर्माण गर्न लागिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिएका छन् । स्मारक निर्माण कार्य तिहार पछि थाल्ने बताइएको छ । भूकम्पमा परी नुवाकोटका ११ सय १२ जनाले ज्यान गुमाएका थिए ।

Advertisement

प्रतिक्रिया