डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलियो
नुवाकोट । डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ ।
दैनिक पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङक्रमण देखिएको जानकारी दिए।
मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गी रोगको सङ्क्रमण बढ्ने आकलन गरेको छ।
सबभन्दा बढी काठमाडौंमा एक सय ५९ जनामा डेङ्गी देखिएको छ। झापामा एक सय २० र चितवनमा ८३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । उनले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको जोखिम बढेको जानकारी दिए।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ। रोग शाखाका प्रमुख डा दाहालले डेङ्गी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।
डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया