वडा कार्यलयद्धरा घरघरमा स्वास्थ्य परिक्षण शुरु

विदुर खबर २०७५ असोज १८ गते १:४४

नुवाकोट ÷ विदुर नगरपालिका वडा नं ५ को वडा कार्यलयले वडा क्षेत्रमा भएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यत्तिहरुको घरदैलो स्वास्थ्य परिक्षण सेवा बुधबार देविघाटबाट शुरु गरेको छ ।

Advertisement

बुधबार देविघाटमा वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले घरघरमा स्वास्थ्य परिक्षण कार्यक्रमको शुरुवात गर्दै वडा कार्यलयले वडामा रहेका जेष्ठ नागरिक दलित तथा अपाङ्गता भएका व्यत्तिहरुलाई प्राथमिकतामा राखेर स्वास्थ्य परिक्षण शुरु गरेको बताए । वडाअध्यक्ष चित्रकारका अनुसार हिँड्न सक्ने व्यत्तिलाई देविघाटको जालपादेवि मन्दिरमा र नसक्ने अशत्तहरुलाई घरघरमा गएर स्वास्थ्य परिक्षण गरिने बताए ।

शहरी स्वास्थ्य क्लिनिक विदुर नगरपालिका वडा नं ५ को आयोजनामा शुरु भएको घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रममा शहरी स्वास्थ्य क्लिनकबाट उपलब्ध भएका औषधी निशुल्क उपलब्ध गराउने बताइएको छ । स्वास्थ्य परिक्षणको क्रममा शहरी स्वास्थ्य क्लिनकको क्षमता भन्दा वाहिहरका रोग देखिएमा जिल्ला जनस्वास्थ्य कार्यलय, जिल्ला अस्पताल र काठमाण्डौ समेत रिफरको व्यवस्था गरिएको वडाध्यक्ष चित्रकारले बताएका छन । पहिलो चरणमा जेष्ठ नागरिक दलित तथा अपाङ्गता भएका व्यत्तिहरुलाई मात्र सेवा दिएको भन्दै चित्रकारले दोस्रो चरणमा वडाको सबै घरघरमा घरदैलो नर्सिङ सेवा संचालन गरिने बताए ।

Advertisement

स्वास्थ परिक्षण गर्दा केही सामान्य समास्या भएका विरामीहरुलाई निशुल्क औषधीको व्यवस्था गरिएको शहरी स्वास्थ्य केन्द्र विदुर नगरपालिका वडा नं ५ की अहेव कमला राइले बताइन । उनका अनुसार परिक्षण गर्न आएकाहरुलाई जीवनजल, ज्वरोको औषधी, कानको औषधी लगायत विभिन्न औषधीहरु वितरण गरिने छ । शहरी स्वास्थ्य क्लिनिक अहिले विदुर नगरपालिकाको वडा नं २, ५ र ६ मा संचालन भइरहेको छ । क्लिनिकमार्फत वडाबासीले सेवा पाउँदै आएका छन ।

प्रतिक्रिया