वडा कार्यलयद्धरा घरघरमा स्वास्थ्य परिक्षण शुरु
नुवाकोट ÷ विदुर नगरपालिका वडा नं ५ को वडा कार्यलयले वडा क्षेत्रमा भएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यत्तिहरुको घरदैलो स्वास्थ्य परिक्षण सेवा बुधबार देविघाटबाट शुरु गरेको छ ।
बुधबार देविघाटमा वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले घरघरमा स्वास्थ्य परिक्षण कार्यक्रमको शुरुवात गर्दै वडा कार्यलयले वडामा रहेका जेष्ठ नागरिक दलित तथा अपाङ्गता भएका व्यत्तिहरुलाई प्राथमिकतामा राखेर स्वास्थ्य परिक्षण शुरु गरेको बताए । वडाअध्यक्ष चित्रकारका अनुसार हिँड्न सक्ने व्यत्तिलाई देविघाटको जालपादेवि मन्दिरमा र नसक्ने अशत्तहरुलाई घरघरमा गएर स्वास्थ्य परिक्षण गरिने बताए ।
शहरी स्वास्थ्य क्लिनिक विदुर नगरपालिका वडा नं ५ को आयोजनामा शुरु भएको घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रममा शहरी स्वास्थ्य क्लिनकबाट उपलब्ध भएका औषधी निशुल्क उपलब्ध गराउने बताइएको छ । स्वास्थ्य परिक्षणको क्रममा शहरी स्वास्थ्य क्लिनकको क्षमता भन्दा वाहिहरका रोग देखिएमा जिल्ला जनस्वास्थ्य कार्यलय, जिल्ला अस्पताल र काठमाण्डौ समेत रिफरको व्यवस्था गरिएको वडाध्यक्ष चित्रकारले बताएका छन । पहिलो चरणमा जेष्ठ नागरिक दलित तथा अपाङ्गता भएका व्यत्तिहरुलाई मात्र सेवा दिएको भन्दै चित्रकारले दोस्रो चरणमा वडाको सबै घरघरमा घरदैलो नर्सिङ सेवा संचालन गरिने बताए ।
स्वास्थ परिक्षण गर्दा केही सामान्य समास्या भएका विरामीहरुलाई निशुल्क औषधीको व्यवस्था गरिएको शहरी स्वास्थ्य केन्द्र विदुर नगरपालिका वडा नं ५ की अहेव कमला राइले बताइन । उनका अनुसार परिक्षण गर्न आएकाहरुलाई जीवनजल, ज्वरोको औषधी, कानको औषधी लगायत विभिन्न औषधीहरु वितरण गरिने छ । शहरी स्वास्थ्य क्लिनिक अहिले विदुर नगरपालिकाको वडा नं २, ५ र ६ मा संचालन भइरहेको छ । क्लिनिकमार्फत वडाबासीले सेवा पाउँदै आएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया