नुवाकोट जिल्ला स्तरीय महिला उद्यमी सम्मेलन सम्पन्न
नुवाकोट । नुवाकोटमा मंगलवार जिल्ला स्तरीय महिला उद्यमी सम्मेलन २०८१सम्पन्न भएको छ ।
महिला उद्यमी महासंघ नेपालको आयोजनमा भएको कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले नेपालमा धेरै महिला उधमीहरु रहेको भन्दै खुशी व्यक्त गरे । उनले नेपालमा रहेका महिला उद्यमीहरुको सशक्त्रीकरण र आर्थिक समृद्धिको प्रवर्द्धनसँगै दिगो व्यवसायका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राखे ।
राजदुत हसमीले महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक रहेको र त्यसका लागि सहुलियतपूर्ण कर्जा अनुभव आदानप्रदान गर्नुपर्ने बताए । उनले पाकिस्तान र नेपालमा रहेका महिला उद्यमीहरुबीच सहकार्य गरेर अघि बढाउन आफु तयार रहेको बताए ।
कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमी महासंघले वकालत, व्यवसाय विकास, क्षमता अभिवृद्धि र नेट्रोवर्किङको क्षेत्रमा काम गरिरहेको बताइन् ।
उनले महिला उद्यमीको विकास र विस्तारका लागि तथा उनीहरूलाई आर्थिक रुपमा सबल बनाउन महिला उद्यमी महासंघले काम गरिरहेको बताइन् । ज्ञवालीले आन्तरिक उद्यमीशलता नै देशको आर्थिक विकासको पाटो रहेको समेत उल्लेख गरिन् ।
यस्तै कार्यक्रममा महिला उद्यमी महासंघ नेपालको तृतिय उपाध्यक्ष बसन्ती प्रधानले महिला उद्यमी संघ ६७ जिल्लामा फैलिएको भन्दै आगामी दिनमा अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने बताइन् । उनले महिला उद्यमी महासंघमा झण्डै ५ हजार ४ सय महिला उधमीहरु जोडिएको समेत बताइन् ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पछिल्लो समय महिलाहरु चुलो चौकोमा मात्र समिति नरहेको भन्दै महिलाहरुको उद्योग र व्यवसायको क्षेत्रमा नेतृत्वदायी भुमिका रहेको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा जिल्ला उद्यमी संघ नुवाकोटको अध्यक्ष गिता अमात्यले स्थानिय स्रोत र साधनको प्रयोग गरि नुवाकोटका महिला उद्यमीहरुले काम गरिरहेको बताइन् । उनले नुवाकोटको मेवा र तरवुजाले बजार कब्जा गर्दा भारतबाट आयात गर्न नपरेको बताइन् । उनले नेपालको बजारमा नुवाकोटको उत्पादन जाँदा सकारात्मक सन्देश गएको बताइन् ।
कार्यक्रममा सहभागीहरुले उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पूँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीहरूबारे सम्मेलनमा उपस्थित महिला उद्यमीहरूले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।
साथै, थोरै पूँजी लगानीबाटै स्थानीय स्रोत(साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकोले महिला उद्यमी एवं लघु, घरेलु तथा साना उद्योगबाट ठूलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औंल्याएका छन् ।
कार्यक्रममा महिला उद्यमी महासंघ नेपालको प्रथम उपाध्यक्षमा दर्शना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्षमा वसन्ती प्रधान र चौथो उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ, सचिव सुमित्रा पलाञ्चोके, नुवाकोट यद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
वि.स २०६० सालमा स्थापना भएका महिला उद्यमी महासंघ नेपालले महिलालाई आर्थिक रूपमा सशक्तीकरणका लागि पैरवी, सूचना प्रवाह, क्षमता अभिवृद्धि र व्यावसायिक परामर्श दिँदै आएको छ ।
महिला उद्यमीका आवश्यकता र चुनौती पूरा गर्न देशभरका महिला उद्यमीका व्यवसायलाई समावेशी तवरले विकास एवं प्रवद्र्घन गर्न सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा महिला उद्यमी संघ रसुवाका नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया